नव नियुक्त बिध्यार्थि कल्याण प्रमुख सह. प्राध्यापक नरेश पौड्यालज्यूको स्वागत, बधाई तथा पदस्थापना कार्यक्रम

नव नियुक्त बिध्यार्थि कल्याण प्रमुख सह. प्राध्यापक नरेश पौड्यालज्यूको स्वागत, बधाई तथा पदस्थापना कार्यक्रम

2025-02-17

आज मिति २०८१ फागुन ५ गते, सोमबारका दिन यस क्याम्पसका नव नियुक्त बिध्यार्थि कल्याण प्रमुख सह. प्राध्यापक नरेश पौड्यालज्यूको  स्वागत, बधाई तथा पदस्थापना कार्यक्रम सुसम्पन्न भएको छ । बिध्यार्थि कल्याण प्रमुख बोधराज ढकालज्युको कार्यकाल समाप्ति पश्चात रिक्त पदमा त्रिभुवन विश्वविद्यालयले यस क्याम्पसमा कार्यरत सहप्राध्यापक नरेश पौडेललाई नियुक्त गरेको थियो। क्याम्पसका प्रमुख प्रा.डा. हरि प्रसाद पाठक, सहायक क्याम्पस प्रमुख मिनराज लम्साल तथा गजेन्द्र प्रसाद च्वाइ , निबर्तमान बिध्यार्थि कल्याण प्रमुख बोधराज ढकाल, QAA प्रमुख अमृतकुमार भण्डारी, आर्थिक सह नियन्त्रक पुष्पराज पौड्याल सहित अन्य शिक्षक, कर्मचारी तथा बिध्यार्थिको उपस्थितिमा उक्त कार्यक्रम सुसम्पन्न भएको थियो।