आज मिति २०८१ माघ २ गते, बुधबारका दिन यस क्याम्पसका नव नियुक्त क्याम्पस प्रमुख प्राध्यापक डा. हरिप्रसाद पाठकज्यूको स्वागत, बधाई तथा पदस्थापना कार्यक्रम सुसम्पन्न भएको छ । उक्त कार्यक्रममा आफ्नो प्रतिबद्धता पत्रको शारांस प्रस्तुत गर्दै, " बिद्ध्यार्थि पहिला, उत्कृष्टता संधै, एक उज्जल भविष्य निर्माण गरौं" "Students First, Excellence Always, Building a Brighter Future Together" भन्ने मुल नाराका साथ आगामि दिनमा क्याम्पस अगाडि बढाउन समपुर्ण सम्बन्धित पक्षको सहयोग र समर्थन को लागि नव नियुक्त क्याम्पस प्रमुख ले अनुरोध गर्नु भयो। निमित्त क्याम्पस प्रमुख ध्रुवकुमार बुढाथोकि ले अध्यक्षता र समापन गर्नु भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख मिनराज लम्साल, प्राध्यापक संघ पृ.ना.क्या. ईकाई को तर्फबाट उप-सभापति शिव केसि, कर्मचारि संघ पृ.ना.क्या. ईकाई सभापति धनबहादुर गुरुंग ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो।


