Highlights

पृथ्वीनारायण क्याम्पस अन्तर संकाय खेलकुद प्रतियोगिता- दोस्रो दिन

पृथ्वीनारायण क्याम्पस अन्तर संकाय खेलकुद प्रतियोगिता- दोस्रो दिन

2024-12-26

यस क्याम्पसद्वारा सञ्चालित यस वर्षको अन्तर संकाय खेलकुद प्रतियोगिताको दोस्रो दिन एक टिम स्पर्धाको फाइनल खेल आज सम्पन्न भएको छ भने टिम स्पर्धा तथा व्यक्तिगत स्पर्धा तर्फका दुई दुई खेलहरू आजबाट प्रारम्भ भएका छन् । आज सम्पन्न छात्र क्रिकेट प्रतियोगिताको फाइनल खेलमा व्यवस्थापन सङ्कायको टिमलाई हराउँदै कानुन सङ्कायको टिमले उपाधि जित्न सफल भएको छ । व्यक्तिगत स्पर्धा तर्फ ब्याडमिण्टन र टेबुलटेनिसका खेलहरू आजबाट प्रारम्भ भएकोमा छात्रा ब्याडमिण्टन तर्फको फाइनल खेलमा विज्ञान सङ्कायका छात्रा समीक्षा पोख्रेल र विनिता श्रेष्ठ क्रमशः प्रथम र द्वीतिय भएका छन् । टिम स्पर्धाको छात्र भलिबल तर्फका खेलमा शिक्षा सङ्काय र व्यवस्थापन सङ्काय (बिबिएस) का टीमहरू आ-आफ्ना खेल जित्दै अर्को चरणमा प्रवेश गरेका छन् । त्यसैगरी छात्रा भलिबलतर्फ शिक्षाशास्त्र सङ्काय (पुनमको समूह), व्यवस्थापन सङ्काय (बिबिएस), कानुन सङ्काय र व्यवस्थापन सङ्काय (बिबिए-हेलिसा कार्कीको टिम) पनि अर्को चरणमा प्रवेश गर्न सफल भएका छन् भने छात्रा सेभेन ए साइड फुटबलतर्फ कानुन सङ्काय र व्यवस्थापन सङ्काय (बिबिए-नम्रता अधिकारीको टिम) सेमिफाइनलमा प्रवेश गरेका छन् । 

ग्यालरी