पृथ्वीनारायण क्याम्पस अन्तर संकाय खेलकुद प्रतियोगिता २०८१
शुभारम्भ
२०८१ पौष १०
यस क्याम्पसले आफ्नो शैक्षिक क्यालेण्डर अनुसारको वार्षिक नियमित अन्तर सङ्काय खेलकुद प्रतियोगिता शुभारम्भ गरेको छ । यही मिति २०८१।०९।१० गतेदेखि १४ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता आज १० गते विहान ५ कि. मि. दौड प्रतियोगिताका साथ शुभारम्भ गरिएको थियो । शुभारम्भ कार्यक्रमको उदघाटन क्याम्पस व्यवस्थापन समितिका सदस्य एवं पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्री शाहारा प्रधानले गर्नुभएको थियो । आज भएको ५ कि.मि. दौडमा छात्रतर्फ दर्पण थापा प्रथम, सरोज थापा मगर द्धितीय र आकाश मगर तृतीय तथा छात्रातर्फ समीक्षा पोख्रेल प्रथम, रोशनी के.सी. द्वितीय र
प्रतिक्षा सुवेदी तृतीय भएका थिए । यसैगरी आजै सम्पन्न १०० मि. दौडमा छात्रतर्फ सागर के.सी. प्रथम, अमृत शाही द्वितीय र अर्जुन पुन तृतीय भएका थिए भने छात्रातर्फ स्नेहा गर्बुजा प्रथम, नन्दनी दास द्वितीय र समीक्षा पोख्रेल तृतीय भएका थिए । दौडतर्फका विजयी खेलाडीहरुलाई आजै एक कार्यक्रमका बिच पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगीतामा छात्रछात्रा लङ्गजम्प, छात्र क्रिकेट, छात्रछात्रा भलिबल, छात्रछात्रा फुटबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा टेबुलटेनिस, छात्रछात्रा ब्याडमिन्टन अन्तर्गतका खेलहरु खेलाइने छन् । प्रतियोगिताका संयोजक डा.बोधराज ढकालका अनुसार प्रतियोगितामा टीम स्पर्धातर्फ क्रिकेटमा ८ टिम, भलिबल छात्र ९ र छात्रा ८ टिम, बास्केटबाल छात्र ५ र छात्रा ६ टिम, फुटबल छात्र ९ र छात्रा ६ टिम तथा, व्यक्तिगत स्पर्धातर्फ ब्याडमिन्टनमा छात्र ४० र छात्रा १७ गरी कुल ५७ जना, टेबुल टेनिसमा दुवै तर्फ गरी ५० जना , लङ्गजम्पमा १५ जना एवम् दौडतर्फ ७० जना विद्यार्थीहरुले भाग लिएका छन् । कार्यक्रम आफ्नै क्याम्पस हाताभित्र सञ्चालन भइरहेको छ । अहिले क्याम्पसमा खेलकुदका प्रायः सबै इभेन्टको पूर्वाधार राम्रो बनेको छ । स्मरण रहोस् यस क्याम्पसले गतवर्ष भि.सि. कप प्रतियोगितामा विश्वविद्यालयमा द्धितीय स्थान हासिल गरेको थियो । ढकालका अनुसार यसवर्ष गण्डकी प्रदेश स्तरीय त्रि.वि.आङ्गिक क्याम्पस छात्रा भलिबल प्रतियोगितामा पनि पृथ्वीनारायण क्याम्पसले द्धितीय स्थान हासिल गरी नगद पुरस्कार ३३,३३३।— मेडल ट्रफी, प्रमाणपत्र प्राप्त गरेको थियो । यसै वीच आज भएको बास्केटबल छात्र र छात्रा फाइनलमा छात्रतर्फ वि.वि.एस. पवन पुर्जाको समूह प्रथम भएको छ भने वि.वि.एस.को मनिष तिलिजा पुनको समूह द्वितीय भएको छ । छात्रा बास्केटबलमा वि.वि.ए. (रस्मिता गुरुङ्को समूह) प्रथम र वि.एस.सी. (आकृति गर्वुजाको) समूह द्वितीय भएको छ । आज भएका क्रिकेट खेलमा क्वाटर फाइनलसम्मका खेल सम्पन्न भइसकेका छन् भने सेमिफाइनल र फाइनलका खेल भोलि हुनेछन् । भोलि नै
भलिबल, टेबुल टेनिस र ब्याडमिन्टनका खेलहरु सुरु हुने क्याम्पसका खेल प्रशिक्षक जुम गुरुङले बताउनुभयो । पछिल्ला खेलहरुको पुरस्कार वितरण एक समारोहका वीच आगामी पौष १४, आइतबार गते सम्पन्न गरिनेछ ।



