एम.ए. प्रथम सेमेस्टर २०८१ को भर्ना सम्बन्धी सूचना ।

एम.ए. प्रथम सेमेस्टर २०८१ को भर्ना सम्बन्धी सूचना ।

2025-01-24
Prithivinaryan Campus Admin

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित नियमित स्नातकोत्तर (एम.ए.) कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०२४ (२०८१/०८२) को मिति २०८१ माघ २ गते सञ्चालन भएको प्रवेश परीक्षामा उत्तिर्ण गरेका विद्यार्थीहरुको भर्ना देहाय अनुसार हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।
१. भर्ना अवधिः २०८१ माघ २० गते सम्म ।
२. भर्ना हुने समयः बिहान ७.०० बजेदेखि ९.३० बजेसम्म ।
३. कक्षा सञ्चालनः २०८१ माघ २२ गतेदेखि ।
४. भर्ना शुल्कः रु. १९५७५/- (उन्नाइस हजार पाँच सय पचहत्तर)
५. भर्ना हुँदा भर्ना फारमसँग प्रवेशिकादेखि स्नातक तह उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपीहरु बुझाउनुपर्नेछ ।
६. त्रि.वि. वाहेक अन्य विश्वविद्यालयबाट आएका विद्यार्थीहरुले त्रि.वि. दर्ता प्रयोजनका लागि थप एक सेट शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपीहरु पेश गर्नुपर्नेछ ।
७. हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो ल्याउनुपर्नेछ ।
अन्य थप जानकारीका लागि यस क्याम्पसको मानविकी तथआ सामाजिक शास्त्र संकाय शैक्षिक प्रशासन शाखा (कोठा नं. ९) मा सम्पर्क राख्न सकिनेछ ।



Files

S.N Name Type Download
1 एम.ए. प्रथम सेमेस्टर २०८१ को भर्ना सम्बन्धी सूचना । jpg