उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना
विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि २०८२ तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०८० (प्रथम संशोधन) अनुरुप उच्च शिक्षामा पहुँच अभिवृद्धिका लागि अपाङ्गता भएका, आर्थिक रूपले विपन्न, दलित, मुस्लिम महिला, शहीद तथा द्वन्द्व पीडितका सन्तति र मुक्त कमलरी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरुप न्यूनतम योग्यता पूरा गरेका आर्थिक वर्ष २०८२/०८३ मा स्नातक/स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरुवाट यही २०८२ चैत्र २५ गते कार्यालय समयभित्र छात्रवृत्ति सम्बन्धी दरखास्त फाराम आयोगको वेवसाइट www.ugcnepal.edu.np मा भएको उच्च शिक्षा छात्रवृत्ति मा Click गरी वा ugc.pathway.com.np मा Online माध्यमबाट फारम भरी निम्नानुसारका आवश्यक कागजात तथा सिफारिश पत्र समेत Upload गर्नु हुन जानकारी गराइन्छ ।
(१) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
(२) सम्बन्धित शैक्षिक संस्थामा भर्ना भएको रसिद
(३) अनुसूची २ (
४) स्नातक तहका लागि कक्षा १२ वा सो सरहको ट्रान्सकिप्ट र स्नातकोत्तर तहका लागि स्नातक तहको ट्रान्सकिप्ट प्रतिलिपि
(५) खातावाला विद्यार्थीको बैंक खाताको चेकबुकको प्रतिलिपि (राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक)
(६) वर्ग अनुसार प्रमाणपत्र / सिफारिस पत्र :
(क) शहीद वा द्वन्द्व पीडितका छोराछोरी
(घ) मुक्त कमलरी
(ख) अपाङ्गता (अपाङ्गताको वर्ग खुलेको हुनुपर्ने)
(ङ) मुस्लिम महिला
(ग) दलित
(च) आर्थिक रूपले विपन्न
आयोगबाट छात्रवृत्तिका लागि छनौट भइ पहिलो, दोस्रो वा तेस्रो किस्ता प्राप्त गरेका विद्यार्थीले निम्नानुसार कागजातहरु अनिवार्य Upload गरी बाँकी रहेको किस्ता प्राप्तिका लागि छात्रवृत्ति नविकरण गर्नुहुन जानकारी गराइन्छ
